सागमा स्वर्ण विजेता हेटौंडाका ओझा नगदसहित सम्मानित
मकवानपुर, १८ पुस । सामाजिक सँस्कार सेवा समितिले १३ औं सागमा तेक्वान्दोको डबल पुम्सेमा स्वर्ण विजेता हेटौंडाका सञ्जिव कुमार ओझालाई सम्मान गरेको छ ।
समितिले हेटौँडा–४, कर्रा निवासी ओझालाई ४० हजार नगदसहित सम्मान गरेको हो । ओझाकै प्रशिक्षक माधब कोइरालालाई पनि खादा र सम्मान पत्र दिई सम्मान गरिएको थियो ।
सामाजिक सँस्कार सेवा समितिका अध्यक्ष अम्बरबहादुर लामाको सभाध्यक्षता तथा हेटौँडा–४ का वडाध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम कर्रा चोकमा रहेको इन्द्र सपिङ कम्प्लेक्समा भएको हो ।
