वीपीकप फुटबलः हेटौंडाका ४ वडा विजयी
मकवानपुर, ११ पुस । हेटौँडा–४ हुप्राचौरमा बिहीबारदेखि सुरु दोश्रो विपि कप रनिङशिल्ड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार ४ खेल सम्पन्न भएको छ ।
प्रतियोगिता अन्तरगत पहिलो खेलमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ विजयी भएको छ । भीमफेदी एफसीलाई १–० को गोल अन्तरले पराजित गर्दै हेटौँडा–२ विजयी भएको हो ।
त्यस्तै आजको दोस्रो खेलमा हेटौँडा–७ विजयी भएको छ । हेटौँडा–१४ लाई २–० गोल अन्तरले पराजित गर्दै हेटौँडा–७ विजयी भएको हो ।
यसैगरी, तेस्रो र चौथो खेलमा क्रमशः हेटौँडा–९ र हेटौँडा–८ विजयी भएको छ । आज दिउँसो भएको तेस्रो खेलमा हेटौँडा–९ र हेटौँडा–१९ बिच भएको खेलमा वडा नम्बर १९ लाई १–० गोल अन्तरले पराजित गर्दै हेटौँडा–९ विजयी भएको हो भने हेटौँडा–१५ लाई १–० गोल अन्तरले पराजित गर्दै हेटौँडा–८ विजयी भएको हो ।
प्रतियोगिताको पहिलो खेलमा हेटौँडा–२ को जर्सि नम्बर ११ का विनोद प्रजा, दोस्रो खेलमा हेटौँडा–७ को तर्फबाट राजेन्द्र थापा, तेस्रो खेलमा हेटौँडा–९ का विशाल घलान र चौथो खेलमा हेटौँडा–१५ का डेन्जन घिमिरे म्यान अफ द म्याच घोषित भएका छन् ।
