पाँचौ हेटौँडा भेट्रान्स कपको उपाधि पोखरालाई

तु खबर संवाददाता
२०७६ पुष ६, आईतवार ०९:३४

हेटौंडा, ६ पुस । हेटौंडा ४ स्थित हुप्राचौरमा भएको पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधि बगरभाईखलक पोखराले हात पारेको छ ।

शनिबार भएको फाईनल खेलमा बगरभाईखलक पोखराले बानेश्वर फुटबल टिम काठमाण्डौलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।

प्रतियोगिताको विजेता बगरभाईखलक पोखराले नगद १ लाख १ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बानेश्वर फुटबल टिमले नगद ५१ हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै खेलमा उत्कृष्ट फरवर्ड खेलाडीका रुपमा बगरभाईखलकका राजकुमार तामागं, वेष्ट डिफेन्स खेलाडीको रुपमा बानेश्वर फुटबल टिमका बिश्व बैराग समाल, वेष्ट मिड फिल्डर हरीहर झलक,वेष्ट किपरको रुपमा बगरभाईखलकका किपर लक्ष्मण तामाग घोषित भएका छन् भने उनिहरु चारै जनाले नगद ५ हजार सहित ट्रर्फी प्राप्त गरेका छन् ।

यस्तै खेलको उत्कृष्ट खेलाडी बगरभाईखलकका क्यापटेन ईश्वर गुरुगले नगद १० हजार सहित ट्रर्फी प्राप्त गरेका छन् ।

गत पुस २ गतेदेखी आयोजना भएको खेलमा १६ टिमको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*