हेटौंडा भेट्रान्स : आज काठमाण्डौं र पोखरा भिड्दै
हेटौंडा, ५ पुस । हेटौंडा ४ स्थित हुप्राचौरमा जारी पाँचौ हेटौंडा भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको आज हुने फाइनल खेलमा बानेश्वर फुटबल टिम काठमाण्डौं र बगरभाईखलक पोखरा भिड्ने भएको छ ।
शनिबार (आज) दिउँसो १ बजे हुने भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधिको लागि काठमाण्डौं र बगरभाईखलक पोखरा भिड्ने भएको हो।
शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा बानेश्वर फुटबल टिमले अमरसिंह कलबलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलका लागि स्थान बताएको थियो ।
खेलको १९ औं मिनेटमा बानेश्वरका तर्फबाट राजु श्रेष्ठले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।
यस्तै शुक्रबार नै भएको दोस्रो सेमिफाईनल खेलमा बगरभाईखलक पोखराले बौद्ध कलबलाई पराजित गर्दै फाईनलको लागि स्थान बनाएको थियो ।
खेलको निर्धारीत समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा बगरभाईखलकले २ गोल गर्न सफल भएको थियो भने बौद्धले गोल गर्नबाट चुकेको थियो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यसैगरी, उत्कृष्ट खेलाडीले २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याच हुनेले २० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
