हेटौँडामा आजबाट पाँचौ भेट्रान्स कप राष्ट्रिय प्रतियोगिता सुरु हुने
मकवानपुर,२ पुस । हेटौंडामा बुधबार (आज) बाट पाँचौ हेटौंडा भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।
पुस ५ गतेसम्म संचालनमा हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा हुँदैछ ।
आज हुने प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब र सिमरा भेट्रान्स खेल्ने भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा हेटौंडा भेट्रान्स रातो, हेटौंडा भेट्रान्स निलो गरी मकवानपुरका २ वटा टिमसहि १८ वटा भेट्रान्स क्लबले सहभागिता जनाउने हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष बज्राचार्यले जानकारी दिए ।
त्यसैगरी, उत्कृष्ट खेलाडीलाई २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याचलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिनेछ ।
खेलको आज बिहान १० बजे हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
