ए डिभिजन लिग : आज दुई खेल हुँदै

तु खबर संवाददाता
२०७६ मंसिर ३०, सोमबार १०:३४
file-photo

काठमाडौं, ३० मंसिर । शहीद स्मारक ए डिभिजन लिगमा आज सोमबार दुई खेल हुँदैछ ।

शनिबार उद्घाटन भएको लिगमा आइतबार कुनै खेल भएनन् ।

आज हुने पहिलो खेलमा त्रिभुवन बर्मी क्लब र फ्रेण्ड्स क्लबबीच दिउँसो साढे १२ बजे एन्फा कम्प्लेक्समा हुनेछ ।

यस्तै, दोस्रो खेल संकटा क्लब र च्यासल युथ क्लबबीच दिउँसो साढे २ बजे दशरथ रंगशालमा हुनेछ ।

लिगमा १४ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले लिग ट्रफीसहित नगद ५० लाख हात पार्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*