हेटौंडामा यही पुस २ गतेदेखि भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै
मकवानपुर,२९ मंसिर । हेटौंडामा पाँचौ हेटौंडा भेट्रान्स कप ‘८ ए’ साइड राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता यहि पुस २ गतेदेखी ५ गतेसम्म हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा हुने भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा अमर सिंह युवा क्लब र सिमरा भेट्रान्स खेल्ने भएको हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।
प्रतियोगितामा हेटौंडा भेट्रान्स रातो, हेटौंडा भेट्रान्स निलो गरि मकवानपुरका २ वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष नवराज बज्राचार्यले जानकारी दिए ।
त्यसैगरी, उत्कृष्ट खेलाडीलाई २० हजार, सम्पुर्ण खेलको म्यान अफ द म्याचलाई २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र दिने आयोजकले जनाएको छ ।
