आज सागको समापन हुँदै
मकवानपुर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) आज समापन हुँदैछ । नेपालका मुख्य तीन सहर काठमाडौं, पोखरा र जनकपुरमा भएको दक्षिण एसियाकै सबै भन्दा ठूलो खेलकुद प्रतियोगिता १५ मंसिरमा सुरु भएको थियो ।
प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागिता जनाएका छन् ।
सागका केही पदकको टुंगो आज लाग्नेछ । अन्तिम दिनसम्म भारत १ सय ७२ स्वर्णसहित पदक तालिकामा शीर्ष स्थानमा रहेको छ भने आयोजक नेपाल ४९ स्वर्णसहित दोस्रो स्थानमा छ ।
नेपालले सागको ईतिहासमा सबैभन्दा धेरै स्वर्ण पदक जित्न सफल भएको हो । पछिल्लो पटक घरेलु भुमिमा भएको आठौं सागमा नेपालले ३१ वटा स्वर्ण पदक जितेको थियो ।
