साग : नेपाली महिला फुटबल टोली स्वर्ण पदक हात पार्नबाट चुके, प्रशिक्षकद्वारा राजीनामाको घोषणा
मकवानपुर । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामाको घोषणा गरेका छन् ।
१३ औं सागअन्तर्गत सोमबार (आज) भएको खेलमा नेपाली महिला टोली स्वर्ण पदक हात पार्नबाट चुकेपछि खड्काले राजीनामा घोषणा गरेका हुन् ।
नेपाली महिला टोली भारतसँग २–० ले पराजित हुँदै रजतमा सीमित भएको हो ।
यो पराजयको जिम्मेवारी लिँदै आफूले राजीनामा दिन लागेको प्रशिक्षक खड्काले बताए ।
