विप्लप नेतृत्वको नेकपाद्वारा हेटौँडामा नेपालको नक्सा प्रर्दशन
हेटौंडा, २१ मंसिर । हेटौंडा उपमहानगरपालिका वडा नं. १८, हर्नामाडीमा विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपालको नम्सा प्रर्दशन गरेको छ ।
नेकपा मकवानपुरका जिल्ला सेक्रेटरी पासाङ र हेटौंडा नगर इन्जार्ज शिवको नेतृत्वमा शुक्रबार नेपालको वास्तविक नक्सा प्रर्दशन गरिएको हो ।
कालापानीबाट भारतिय सेना लखेट्ने र नेपाली भुमि फिर्ता लिनका लागि सवै एक जुट हुनका लागि विप्लप नेतृत्वको माओवादीले आह्वान गरेको छ ।
कार्यक्रममा विप्लपका ४० जना नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
