नेकपा मकवानपुरमा संघीय समाजवादीका जिल्ला सदस्य थिङसहित १ सय ३७ जना प्रवेश

तु खबर संवाददाता
२०७६ मंसिर २०, शुक्रबार १७:१६

मकवानपुर, २० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा संघीय समाजवादी पार्टीका जिल्ला सदस्य इन्द्र थिङसहित १ सय ३७ जनाले पार्टी प्रवेश गरेका छन् ।

शुक्रबार (आज) मकवानपुरको मनहरीमा आयोजित नेकपाको दुई दिने प्रशिक्षण कार्यक्रममा संघीय समाजवादी, नेपाली काँग्रेस र राप्रपा लगायत विभिन्न पार्टी परित्याग गरी १ सय ३७ जना नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबिर र टिका लगाएर स्वागत गरेका हुन् ।

मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देललगायत नेताहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*