१३ औं साग : आज छैटौं दिन १९ खेलमा प्रतिस्पर्धा हुँदै
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को शुक्रबार (आज) छैटौं दिन । आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
आज आर्चरी, एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, गल्फ, ह्यान्डबल, कबड्डी, साइक्लिङ, पौडी, सुटिङ, टेबलटेनिस, टेनिस, बिचभलिबल, भारोत्तोलन, स्क्वास, कुस्ती, बक्सिङ र फेन्सीङ खेल हुनेछ ।
ब्याडमिन्टन, महिला क्रिकेट, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुँदैछ ।
कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ । नेपाल पदक तालिकामा दोस्रो स्थानमा छ ।
नेपालले बिहिबारसम्म ३६ स्वर्ण पदक जितेको छ ।
