वरिष्ठ नेता नेपाल आज मकवानपुरको मनहरी आउँदै
हेटौँडा, २० मंसिर । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल (शुक्रबार) आज मकवानपुरको मनहरी गाउँपालिका आउने भएका छन् ।
नेता नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मनहरीले आजबाट आयोजना गरेको दुई दिने प्रशिक्षणमा सहभागि हुन मनहरी आउने भएका हुन् ।
उनले मनहरीको नेकपा नेता तथा कार्यकर्तालाई दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा मनहरी गाउँपालिका सचिवालय सदस्य नविन सुबेदीले बताए ।
प्रशिक्षणमा नेकपा नेता सुरेन्द्र पाण्डे, विरोध खतिवडासहित नेकपा प्रदेश तीनका नेता, मकवानपुरको नेतृत्वको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रशिक्षण कार्यक्रम मनहरी गाउँपालिका–७ मा रहेको सामुदायिक लजमा हुनेछ ।
