साग : कराँतेमा नेपाललाई १० स्वर्ण
काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को करातेमा नेपालले १० स्वर्ण जितेको छ । कूल १९ स्वर्णमध्ये नेपालले सर्वाधिक १० स्वर्ण जितेको हो ।
प्रतिपर्धाको पहिलो दिन ९ मध्ये ७ स्वर्ण जित्दै शानदार शुरुवात गरेको नेपालले दोस्रो दिन २ स्वर्ण थपेको थियो ।
तेस्रो दिन बुधबार एक स्वर्ण जितेको छ । अनुपमा मगरले ६८ केजीमाथि स्वर्ण जितेकी हुन् ।
कूल १९ मध्ये १० स्वर्ण नेपालले जिते पनि मुख्य प्रशिक्षक मदन उप्रेती खुसी देखिएका छैनन् । केही जित्नैपर्ने इभेन्टमा नेपाली खेलाडी चुकेको उनले बताए ।
सन् १९९९ मा नेपालमै भएको आठौंबाट कराते खेल सागमा समावेश भएको हो । त्यतिबेला नेपालले १४ स्वर्ण जितेको थियो ।
