साग : कराते टिम पुरुष कातातर्फ मकवानपुरका मुक्तान स्वर्ण पदक जित्न सफल
मकवानपुर, १६ मंसिर । मकवानपुरको मनहरी निवासी महसुस मुक्तान १३औं दक्षिण एसियाली खेलकुद (साग) कराते टिम पुरुष कातातर्फ स्वर्ण पदक जित्न सफल भएका छन् ।
यही मंसिर १५ गते आईतबार (हिजो) बाट औपचारिक रूपमा उद्धाटन भएको सागमा मनहरीका मुक्तान कराते टिम पुरुष काता तर्फ स्वर्ण पदक जित्न सफल भएका हुन् ।
उनी मनहरी निबासी सिताराम मु्क्तान र ठुली माया मुक्तानकी छोरा हुन् । उनको जन्म विस २०४८ साल कात्तिक ७ गते सुनाचुरीमा भएको थियो ।
महसुस मुक्तानसँगै नेपालका लागि मण्डेकाजी श्रेष्ठ र प्रविण मानन्धर पनि स्वर्ण पदक जित्न सफल भएका छन् ।
नेपाली पुरुष टोलीले फाइनलमा श्रीलंकालाई हराउँदै स्वर्ण जित्न सफल भयो । नेपालले २५.५४ अंक स्कोर गर्यो भने श्रीलंकाले २५.२८ अंक स्कोर गरेको छ ।
करातेको महिला टिम कातामा पनि नेपालले नै स्वर्ण जितेको छ ।
