प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा मनमोहन अस्पतालमा
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् ।
सभापति देउवाले आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ पुगी कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएका थिए ।
डा. श्रेष्ठले उनलाई प्रधानमन्त्री ओलीको स्वास्थ्यमा मङ्गलबारभन्दा आज सुधार रहेको जानकारी दिएको उनका निजी सहयोगी भानु देउवाले बताए ।
प्रधानमन्त्री ओलीको मङ्गलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । अहिले उनको स्वास्थ्यमा निरन्तर सुधार भइरहेकोे छ ।
