काँग्रेसबाट निर्वाचित वडाध्यक्ष नेकपा प्रवेश

तु खबर संवाददाता
२०७६ मंसिर ११, बुधबार १३:१२

बैतडी, ११ मंसिर । नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काँग्रेस पार्टीबाट निर्वाचित डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् ।

पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै अन्य १५ जना पनि नेकपामा प्रवेश गरेको छ ।

उनीहरुलाई नेकपाका नेता भानुभक्त जोशीलगायतले स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*