प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट हटाइयो

तु खबर संवाददाता
२०७६ मंसिर ११, बुधबार १०:२२

मकवानपुर, ११ मंसिर । स्वास्थ्यमा सुधार देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेन्टिलेटरबाट हटाइएको छ ।

मङ्गलबार भेन्टिलेटरमा राखिएको प्रधानमन्त्री ओलीलाई आज बिहानदेखि हटाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

एपेन्डिसाइटिससहित पेटको संक्रमण देखिएपछि मङ्गलबार प्रधानमन्त्री ओलीको शल्याक्रिया गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*