सबै जनताको घर अभाव रहित हुनुपर्छ अनिमात्र समृद्ध नेपालको यात्रा सम्भव छ : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ मंसिर ७, शनिबार ०९:०६
file photo

मकवानपुर, ६ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आधारभुत आवश्यकता पछि अन्य आवश्यकताहरु क्रमशैसँग आउने बताएका छन् ।

शुक्रबार भीमफेदी गाउँपाकाको कोगटे तथा ईपा क्षेत्रको भ्रमणका क्रममा सो कुरा बताउँदै उनले भने “सबै जनताको घर अभाव रहित हुनुपर्छ अनिमात्र समृद्ध नेपालको यात्रा सम्बभ सम्भव हुन्छ” ।

सरकारले हरेक नेपालीलाई उत्पादनसँग जोड्ने गरी योजना बनाइरहेको पनि उनले बताए । मुख्यमन्त्री पौडेलले प्रदेशमा खानेपानीको सुनिश्चितता हुने समेत बताए ।

खानेपानी पहिलो आवश्यकता भएको बताउँदै हरेक जनताको घरमा खानेपानीको धारा जडान गरिने बताए । हरेक नागरिकले हरेक काम गर्दा उत्पादनलाई ध्यान दिनुपर्ने बताउँदै उत्पादन मुखी काम गर्न आग्रह गरेका छन् ।

सो कार्यक्रममा मुख्यमन्त्री पौडेलले सुरुङ मार्ग निर्माणको चरणमा रहेको, हेटौंडामा चिकित्सा शास्त्रको अध्ययन सञ्चालन गरिने गरी शिक्षण अस्पतालको सुरुवात भइसकेको, प्रति वर्ष २५ सय प्राविधिक उत्पादन हुनेगरी प्राविधिक महाविद्यालय निर्माण धमाधम भइरहेको, सिन्धुली र चितवनमा सामुहिक खेतीको काम भई रहेको, जिल्लागत विषेशताका आधारमा कृषि उत्पादनको लागि काम सुरु भएको लगायत प्रदेशमा थुप्रै कामहरु भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*