हेटौँडामा मंसिर १८ गतेदेखि राष्ट्रिय ‘एट ए’ साइड फुटबल प्रतियोगिता हुने
मकवानपुर, ५ मंसिर । राष्ट्रिय ‘एट ए’ साइड फुटबल प्रतियोगिताको पाँचौ संस्करण प्रदेश नं. ३ का राजधानी हेटौँडामा हुने भएको छ ।
फुटबल प्रतियोगिता हेटौंडा भेट्रान्स क्लबको आयोजनामा यही मंसिर १८ गतेदेखि २१ गतेसम्म हुने भएको हो ।
हेटौँडाको हुप्राचौरमा संचालन हुने उक्त प्रतियोगिमा हेटौंडा, काठमाडौं, बुटवल, कैलाली, चितवन, पोखरा, सिमरा, वीरगन्ज र चपुरबाट १६ वटा टिमले सहभागिता जनाएका भेट्रान्सका कोषाध्यक्ष रमेश उप्रेतीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ र दोश्रो हुनेले ५० हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
