नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण

तु खबर संवाददाता
२०७६ मंसिर ५, बिहीबार १४:२२

नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासमा बिहीबार (आज) बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनालगायतको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*