प्रमको कानुनी सल्लाकारमा हेटौँडाका दाहाल नियुक्त

तु खबर संवाददाता
२०७६ मंसिर ५, बिहीबार ०९:२३

मकवानपुर, ५ मंसिर । हेटौँडाका चर्चित कानुन व्यवसायी बाबुराम दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहाकारमा नियुक्त भएका छन् ।

कात्तिक २९ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रमका कानुनी सल्लाहाकारमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । निर्णयको ६ दिनपछि हेटौँडा उपमहानगरपालिका हटिया घर भएका दाहालले सल्लाहाकारको नियुक्ति पत्र लिएका छन् ।

तत्कालिन नेकपा एमालेका निर्वाचन विभाग सचिव समेत रहिसकेका दाहाल २०६१ सालदेअि कानुन पेशामा आवद्ध भएर काम गरिरहेका छन् ।

सार्वजनिक खरिदविज्ञको रुपमा परचित दाहाल कानून पेशामा लाग्नुपूर्व निजामती सेवामा काम गरेर संगठन अध्यक्षको रुपमा मकवानपुरमा रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*