काँग्रेस मकवानपुरको प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहको सभापति चयन, हेटौँडामा पराजुली
मकवानपुर, ५ मंसिर । नेपाली काँग्रेस मकवानपुरको दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ५ वटा स्थानीय तहको सभापति चयन गरिएको छ ।
समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा चयन भएका छन् ।
त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा क मा डिल्लीप्रसाद घोरासैनी, क्षेत्र नम्बर १ को ९ ख मा ताराप्रसाद चौलागाई सभापतिमा, क्षेत्र नम्बर २ को प्रदेशसभा क मा सुजन गोपाली र क्षेत्र नम्बर २ को ख मा लोकबहादुर मुक्तान सभापतिमा चयन भएका छन् ।
त्यस्तै मकवानपुरको १० वटा स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा पनि काँग्रेसले सभापतिको टुङ्गो लगाएको छ ।
थाहा नगरपालिकाको नगर सभापतिमा योगेन्द्रमान श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको नगर सभापतिमा आनन्दराम पराजुली, गढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान, बागमती गाउँपालिकाको सभापतिमा भक्तबहादुर राई र बकैया गाउँपालिकाको सभापतिमा भूमिनन्द गौतमलाई समायोजन गरिएको केन्द्रीय प्रतिनिधि एवम् निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।
