प्रदेश ३ का १३ वटै जिल्लामा मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम

तु खबर संवाददाता
२०७६ मंसिर ४, बुधबार १३:२९

मकवानपुर, ४ मंसिर । गत आर्थिक वर्षबाट शुरु गरिएको मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्रदेश नं ३ का सबै जिल्लामा विस्तार गरिने भएको छ । कार्यक्रममा प्रदेश नं ३ का १३ वटै जिल्लाका सर्वसाधारणलगायत सबैको पहुँच विस्तार गरिने भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा सीमान्तकृत जाति, समुदाय, ज्येष्ठ नागरिक, द्वन्द्वपीडितलगायत दायरा निर्धारण गरेर मात्र मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको भए पनि यस आर्थिक वर्षदेखि भने सम्पूर्ण नागरिकलाई समेट्न लागिएको सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

गत आवमा निर्धारण गरिएको दायरालाई फराकिलो बनाउँदै मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा सबै नागरिकलाई २५ प्रतिशत छुट दिने गरी कार्यक्रम बनाएर काम गर्न लागिएको मन्त्री दुलालले जनाकारी दिए ।

यो कार्यक्रम पहिलो वर्ष नमूना कार्यक्रमका रूपमा परीक्षणस्वरुप प्रदेशका पाँच अस्पतालबाट शुरु गरिएको भए पनि चालू आवमा भने प्रदेश मातहतका आठ अस्पताल र स्थानीय तहका वा सङ्घीय सरकारले सञ्चालन गरेका अस्पतालमा शुरु गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*