सातै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने

तु खबर संवाददाता
२०७६ मंसिर २, सोमबार १४:५९

काठमाडौं, २ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सातवटै प्रदेशमा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान खोलिने बताएका छन् ।

प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको ‘दिगो विकासका लक्ष्यहरु कार्यान्वयनका लागि स्थानीय तहको क्षमता विकाससम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

सो कार्यक्रममा उनले स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई सक्षम बनाउन प्रतिष्ठान खोल्न लागिएको जानकारी दिए ।

मन्त्री पण्डितले स्थानीय तहमा केही समस्या रहेको भन्दै त्यसको समाधान गर्नतिर सरकार लागेकोसमेत बताए । “अहिले स्थानीय तहले सोचेजस्तो काम गर्न सकेका छैनन् । हामीले पनि कानून बनाएर दिन ढिलो गर्‍यौं”, उनले भने, “अब भने स्थानीय तहलाई संविधानले दिएको अधिकार प्रयोग गर्न दिएर बढी जिम्मेवार बनाउने छौं ।”

उनले संविधानमा भएको स्थानीय तहको एकल र साझा अधिकारको सूचीलाई बाँडफाँट गरी दिइने तयारीसमेत भइरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*