सभापति देउवाद्वारा दुःख व्यक्त

तु खबर संवाददाता
२०७६ मंसिर १, आईतवार १५:५२
file-photo

काठमाडौं, १ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

काँग्रेस नेतासमेत रहेका कृष्णलाल भँडेलकी आमा सेतीमायाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सेतीमायाँको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*