उपनिर्वाचन हुने क्षेत्रमा स्थानीय पूर्वाधार कार्यक्रमको बजेट बाँडफाँड नगर्न निर्वाचन आयोगको निर्देशन

तु खबर संवाददाता
२०७६ मंसिर १, आईतवार १४:५२

काठमाडौं, १ मंसिर । निर्वाचन आयोगले उपनिर्वाचन हुने जिल्लामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको योजना छनोट र बजेट बाँडफाँट नगर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आइतबार एक विज्ञप्ति जारी गरी आर्थिक वर्ष २०७६–७७ को बजेट तथा कार्यक्रममा समावेश भएको स्थानीय पूर्वाधार विकास साझेदारी लगायतका कार्यक्रमको योजना छनोट र बजेट बाडफाँट नगर्न नगराउन निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद –३ को दफा ७ बमोजिम नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाको वार्षिक बजेटमा समावेश भएको कार्यक्रमबाहेक नयाँ नीति, योजना तथा कार्यक्रमको घोषणा गर्न, स्वीकृत गर्न, सञ्चालन गर्न र त्यसका लागि जनशक्ति र साधन स्रोत परिचालन गर्नु निर्वाचन आचारसंहिता विपरीत भएकोले बजेट नबाड्न निर्देशन दिएको आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*