कुवेतसँग खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा, मकवानपुरका दुई
मकवानपुर, ३० कात्तिक । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँग खेल खेल्ने नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार कुवेतसँग खेल्ने २३ सदस्यीय नेपाली टिमको घोषणा गरेको हो ।
जसअन्तरगत नेपाली राष्ट्रिय टिममा दुई मकवानपुरे खेलाडी पनि परेका छन् । टोलीमा मकवानपुरका अन्जन बिष्ट र सुनिल बल छनोट भएका हुन् ।
नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग खेल्दैछ ।
नेपालले कुवेतसँगको खेल अघि गत साता म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।
