प्रदेश सरकार बालबालिकाहरुको लागि काम गर्न तयार छ : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ कार्तिक ३०, शनिबार ०८:४५
file photo

मकवानपुर, ३० कात्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बालबालिकाहरुको बृद्धि विकासका विभिन्न क्षेत्रमा काम गर्न तयार रहेको बताएका छन् ।

प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरुको सहकार्य समन्वय समूहको आयोजनामा ‘‘प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले बालबालिकाहरुको उज्यालो भविष्य निर्माणका लागि प्रदेश सरकार बालबालिका प्रति सचेत रहेको पनि बताए ।

हाम्रो देशका लागि प्रदेश सरकार नयाँ सरकार रहेकाले परिवर्तनको दिशामा नयाँ र रचनात्मक काम गर्न आफुहरु तयार रहेको उनको भनाई थियो ।

उनले बालबालिकाहरुको क्षेत्रमा काम गर्नका लागि प्रदेश सरकार कानूनहरुको निर्माण र कार्यान्वयनको चरणमा रहेको बताउँदै कानून र जनशक्तिको अभावमा पनि प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*