जनताको पहुँच सत्तासँग नपुगेसम्म देश बलियो नहुने मन्त्री जमकट्टेलको दाबी

तु खबर संवाददाता
२०७६ कार्तिक २८, बिहीबार १६:२२
फाईल फोटो

मकवानपुर, २८ कात्तिक । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले जनताको राज्य सत्तासँग पहुँच नपुगेसम्म देश बलियो हुन नसक्ने दाबी गरेका छन् ।

फ्रिडम फोरमले मकवानपुरको हेटौँडामा आज आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहिनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले सो कुराको दाबी गरेका हुन् ।

राज्यको श्रोतसाधन न्युन आय भएकाहरु, गरिब तथा पिछडिएको वर्गसम्म अझै नपुगेको भन्दै उनले भने, एक मन्त्रीले मात्र परिवर्तन गर्न सक्दैन । परिवर्तनको लागि नेपालको सबै संरचनामा नै आमुल परिवर्तन ल्याउनुपर्ने उनको भनाई थियो ।

उनले नेपाली पत्रकारिताको विश्वसनियतामा केहि समस्या रहेको भन्दै यस्ता कुरालाई चिर्ने काम पनि पत्रकारिता जगतबाटै हुनुपर्ने बताए ।

पत्रकारमा भएको कमजोरी पत्रकारले सच्याउनु पर्ने र राज्यले गर्ने कमजोरी राज्यले सच्याउने हो भने देशले लय समात्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*