हेटौँडा आएर सभापति देउवाले भने–‘लिपुलेक नेपालको हो’
मकवानपुर, २६ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय सरकारले सर्वाजनिक गरेको नयाँ नक्सामा समावेश गरिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भएको बताएका छन् ।
मंगलबार (आज) हेटौंडामा केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको प्रदेश ३ स्तरीय महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले लिपुलेक र कालापानी नेपालकै भएको बताएका हुन् ।
विगतका दिनहरुमा भारतमै गएर पनि भनेको छु लिपुलेक नेपालको हो भनेर सभापति देउवाले भने ।
पूर्वप्रधानमन्त्री समेत रहेका उनले भने, ‘राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओलीले किन खुलेर बोल्न सक्दैन लिपुलेक र कालापानी हाम्रो हो, भनेर ?’
उनले मित्र दुबै राष्ट्र जुन सुकै होस ऋण लिएर नेपालमा रेल ल्याउनु मुर्खता रहेको बताए । उनले दुई तिहाईको दम्भ बोकेको यो सरकारले पहिला सबै गाउँघरमा बाटो पुराउन सकेको छैन रेलको कुरा गरेर जनता झुक्काइरहेको आरोप लगाए ।
