अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता ल्याउनको लागि सरकारसँग काँधमा–काँध मिलाउन काँँग्रेस तयार छ : नेता पौडेल

तु खबर संवाददाता
२०७६ कार्तिक २६, मंगलवार १६:५८

मकवानपुर, २६ कात्तिक । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूभाग फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले सो कुरा बताउँदैनेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा–काँध मिलाउन कांग्रेस तयार रहेको बताए ।

‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति गर्नुहुन्छ, हेर्नुछ ।’उनले भने ।

नेता पौडेलले सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिक स्तरमा संवाद गर्नुपर्ने बताए ।

उनले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित छ छैन हेर्नुपर्ने धारणा व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*