प्रधानमन्त्री ओलीको राजीनामा माग

तु खबर संवाददाता
२०७६ कार्तिक २६, मंगलवार १५:२२

काठमाडौँ, २६ कात्तिक । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

भारतीय नक्सामा नेपाली भूमि समावेश गरेप्रति आक्रोशित हुँदै आएको नेविसंघले मंगलबार बिहान काठमाडौंको चावहिलमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको हो ।

सो क्रममा उनीहरुले ‘सरकार कता हरायो, राष्ट्रियता जोगाउन डरायो’ भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

उनीहरुले भारत आफ्नो नक्सामा समावेश गरेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय नक्साबाट छिट्टै हटाउन पनि माग गरेको छ ।

नेविसंघले भारत सरकारसँग नेपाली भूमि फिर्ता लिन माग गर्दै देशका मुख्यमुख्य सहरमा विरोध प्रर्दशन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*