नेकपा सचिवालय बैठकद्वारा आयोगका अध्यक्ष र सचिव चयन
मकवानपुर, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको आज बसेको सचिवालय बैठकले विभिन्न केन्द्रीय आयोगहरुका अध्यक्ष र सचिव चयन गरेको छ ।
बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहरा र सचिवमा अशोक रोकायालाई चयन गरेको छ ।
यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल तथा लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन् ।
यसैगरी बैठकले केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवालीलाई चयन गरिएको छ ।
