नेपालको एक इन्च पनि जमिन छाड्ने छैनौं : प्रचण्ड

तु खबर संवाददाता
२०७६ कार्तिक २५, सोमबार १४:५२
file-photo

मकवानपुर, २५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तेजना फैलाएर भन्दा पनि आपसी छलफल र संवादका माध्यमबाट सीमा समस्याको समाधान हुने बताएका छन् ।

संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा छलफलमा भाग लिँदै उनले आपसी छलफल र संवादका माध्यमबाट नै सीमा समस्याको समाधान हुने बताएका हुन् ।

नेपालको एक इन्च पनि जमिन नछाड्ने अरुको पनि एक इञ्च जमिन नलिने उनको भनाइ थियो । उनले नेपाल र भारत दुवै देशमा अहिले स्थिर र शक्तिशाली सरकार रहेकाले सीमा समस्याको आपसी छलफलका माध्यमबाट समाधान खोज्ने उपयुक्त मौका यही भएको बताए ।

उनले सुगौली सन्धिमा लिम्पियाधुरा महाकालीको मुहान हो भनेर स्पष्ट भनिएको उल्लेख गर्दै नेपालको सीमा त्यहीँसम्म भएको कुरा अब दोहोर्‍याइरहन आवश्यक नरहेको जानकारी दिए ।

बैठकमा सीमा समस्याबारे छलफलका लागि बोलाइएको भएपनि प्रधानमन्त्री ओलीले स्वास्थ्य समस्या देखाउँदै बैठकमा आफ्नो प्रतिनिधिका रूपमा भूमि व्यवस्थामन्त्री अर्याललाई पठाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*