भारतविरुद्ध नेविसंघ मकवानपुरको हेटौँडामा प्रर्दशन
हेटौँडा, २५ कात्तिक । भारत सरकारले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समावेश भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुरले हेटौँडामा विरोध प्रर्दशन गरेको छ ।
भारतीय सरकारले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समावेश गरिएकोप्रति नेविसंघ मकवानपुरले सोमबार हेटौँडामा विरोध प्रर्दशन गरेको हो ।
भारतविरुद्ध मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र बन विज्ञान अध्ययन संस्थानबाट विद्यार्थीहरुले गो ब्याक इन्डिया भन्दै र्याली निकालेका थिए ।

विद्यार्थीहरुले लिपुलेक नेपालको भएको भन्दै नयाँ नक्सा परिवर्तन गर्न भारतसंग माग गरेका थिए ।
उक्त र्याली बुद्धचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई विद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए ।
