खड्कालाई झुठा आरोपमा फसाइएको भन्दै तरुण दलको गम्भीर ध्यानकर्षण
मकवानपुर, २२ कात्तिक । बाँकेका तरुण नेता केशर खड्कालाई प्रहरीले झुठा आरोपमा फसाउन खोजेको भन्दै नेपाल तरुण दलको गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
आज (शुक्रबार) संगठनका अध्यक्ष जितजंग बस्नेतले एक विज्ञप्ति जारी गरी खड्कालाई व्यक्तिगत रिसइवीमा काल्पनिक र झुठा आरोप लगाई फसाउन खोजेको आरोप लगाएका हुन् ।
विज्ञप्तिमा बैजनाथ गाउँपालिकाका यमबहादुर रानाको घटनासँग जोडेर नाजायज र निकृष्ठ आरोपप्रति संगठनको गम्भीर ध्यानकर्षण भएको जनाइएको छ ।
