वडा अध्यक्ष बानियाँद्वारा आश्रमलाई कम्प्युटर सहयोग

तु खबर संवाददाता
२०७६ कार्तिक २०, बुधबार १५:०८

मकवानपुर, २० कात्तिक । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले रजैयामा रहेको अग्नीहोत्रा आश्रमलाई एक थान कम्प्युटर सहयोग गरेका छन् ।

वडा अध्यक्ष बानियाँले आफ्नो तलव सुविधा बापतको रकमबाट आज (बुधबार) बिहान आश्रममा पुगेर एक थान कम्प्युटर सहयोग गरेका हुन् ।

वडा अध्यक्ष बानियाँले आश्रामका गुरु डा. सिताराम खनाललाई रु ४० हजार बराबरको कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

आश्रमलाई कम्प्युटर हस्तान्तरण गर्दै वडा अध्यक्ष बानियाँले सामाजिक कामलाई निरनतरता दिन र आश्रमको गत्तिबिधि अगाडी बढाउन कम्प्युटरले सहयोग दिने बताए ।

उनले केही हप्ता अगाडी हेटौँडा उमहानगरपालिका वडा नम्बर ५ निवासी ८० वर्षीया टिकादेवी ढुङ्गानाको घरमा खानेपानीको समस्या समाधान गर्न १६ हजार ब्यक्तीगत खर्चमा धारो निर्माण गरीदिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*