रौतहट विस्फोट : आलमकै योजनामा घाईतेहरुलाई इँटाभट्टामा हालेको प्रत्यक्षदर्शीको बयान
रौतहट विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका छन् ।
आलमको त्रासका कारण यसअघिको अनुसन्धानमा खुल्न नसकेका प्रत्यक्षदर्शी र साक्षीले सिलसिलेवार रूपमा घटनाबारे जानकारी गराएका हुन् । स्थानीय प्रहरी कार्यालयका तत्कालीन प्रमुखसम्मले घटना भएको बयान गरेका छन् ।
घटनामा परेका घाइते, मृतकलाई जिउँदै इँटाभट्टामा हाल्दाका प्रत्यक्षदर्शी र आलमका काका शेख इद्रिसको क्षतिग्रस्त घरगोठ मर्मत गर्ने कामदारलाई सरकारी वकिलको कार्यालयले साक्षीका रूपमा पेस गरेको छ । घटना लुकाउन
क्षतिग्रस्त घर मर्मत गरिएको, घाइतेलाई ज्युँदै आगोमा हालिएको र मृतकको शव नष्ट गरिएको व्यहोराको प्रमाण प्रहरीले जुटाएको हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
