हेटौँडामा बहुप्राविधिक महाविद्यालयको शिलान्यास, हरेक वर्ष २५ सय विद्यार्थी उत्पादन हुन्छ : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ कार्तिक १९, मंगलवार १७:१९

मकवानपुर, १९ कात्तिक । हेटौँडा–६ स्थित चित्रेपानी सामुदायिक वन क्षेत्रमा नेपाल भारत मैत्री बहुप्राबिधिक महाविद्यालयको शिलान्यास गरिएको छ ।

महाविद्यालयको आज (मंगलबार) प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् । उक्त विद्यालय निर्माण गर्ने योजना बनेको २२ वर्षपछी आज शिलान्यास गरिएको हो ।

महाविद्यालयको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रत्येक वर्ष २ हजार ५ सय प्राधिक विद्यार्थी उत्पादन हुने गरी काम सुरु गर्ने बताए ।

उनले भने, ‘अहिले पहिलो चरणमा चार वटा विषयमा पढाइ हुन्छ । हरेक वर्ष २५ सय विद्यार्थी उत्पादन गरेर नेपालका उद्योग, कलकारखानामा पठाउँछौ ।’

अहिलेको शिक्षा रोजगारमुखी नभएका कारण पनि प्राबिधिक शिक्षाको आवश्यकता परेको उनको भनाई छ ।

समयमा काम हुन नसकेका कारण २२ वर्षदेखि महाविद्यालय अलपत्र परेको बताउँदै उनले भने–‘शिलान्यास भएर पनि काम नभएका कयौ उदाहरण छन् । तर, यस महाबिद्यालय निर्माणमा त्यस्तो नहोस ।’

उनले तोकिएको समय भन्दा अगाडी काम सकेमा प्रदेश सरकारले निर्माण कम्पनिलाई पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*