वडा कार्यालयमा आगजनी गरेको आरोपमा विप्लवको थाहा इञ्चार्ज लामा पक्राउ
हेटौँडा, ९ कात्तिक । वडा कार्यालय भवनमा आजगनी गरेको आरोपमा विप्लवको थाहा श्याम लामा पक्राउ परेका छन् ।
थाहानगरपालिका वडा नं. ७ बस्ने लामा सोही नगरपालिका वडा नं. ५ को वडा कार्यालय भवन आगजनी गरेको आरोपमा पक्राउ परेका हुन् ।
लामालाई पालुङबाटै शुक्रबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोक बहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार, लामालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रंहरी कार्यालय हेटौँडा ल्याउँदैछ ।
उक्त घटना गत असोग २७ गते भएको थियो । उक्त आगजनीबाट नवनिर्मित ४ कोठे भवन ध्वस्त भएको थियो । उक्त भवन करिब १४ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको थियो ।
