काँग्रेस हेटौँडा–१० को आयोजनामा चियापान कार्यक्रम

तु खबर संवाददाता
२०७६ कार्तिक ७, बिहीबार १३:२६

मकवानपुर, ७ कात्तिक । तिहार तथा छठ पर्वको अवसरमा बिहीबार नेपाली काँग्रेस हेटौडा–१० ले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

काँग्रेस १० नम्बर वडा सभापति कालू घलानको सभाध्यक्षता एवं मकवानपुर सभापति तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको हो ।

कार्यक्रममा काँग्रेस मकवानपुरका जिल्ला तहका नेता तथा कार्यकर्ता, विभिन्न पार्टीका नेताहरुलगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*