मिडियाले सकारात्मक भन्दा नकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने गरेको छ : सभामुख श्रेष्ठ

तु खबर संवाददाता
२०७६ कार्तिक ५, मंगलवार १७:३६
सभामुख सानु श्रेष्ठ

मकवानपुर, ५ कात्तिक । प्रदेश नं. ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र संघीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताएका छन् ।

युएनडिपीको सहयोगमा नेपाल पत्रकार महासङ्घ मकवानपुरद्वारा आज हेटौँडामा आयोजित संसदीय पत्रकारिता सम्बन्धी अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले प्रदेशसभाले हालसम्म ४५ ऐन निर्माण गरिसकेको जानकारी दिए ।

सञ्चारमाध्यमलाई लक्षित गर्दै सभामुख श्रेष्ठले सञ्चारमाध्यमले सकारात्मक विषयवस्तुलाई भन्दा पनि नकारात्मक विषयवस्तुलाई प्राथमिकता दिने गरेको बताए । उनले संचारमाध्यमहरुलाई त्यसो नगर्न आग्रह समेत गरे ।

सो कार्यक्रममा सभामुख श्रेष्ठले नेपाल दक्षिण एशियामै छिटो–छिटो आर्थिक विकास गर्ने राष्ट्रका रूपमा अगाडि बढ्दै गएको प्रसङ्ग सञ्चारमाध्यमको विषयवस्तु नबन्नु दुखद् भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*