बाग्मती गाउँपालिकामा काँग्रेसको चियापान तथा शुभकामना आदानप्रदान
मकवानपुर, १६ असोज । नेपाली काँग्रेस बाग्मती गाउँपालिकाद्वारा बडादशैंको अवसरमा बिहीबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
काँग्रेस बाग्मती गाउँपालिका सभापति भक्तबहादुर राईको सभाध्यक्षता तथा हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यतामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रतिनिधि सभा १ को क का क्षेत्रीय सभापति डिल्ली घोरासैनी, कांग्रेस नेताहरु फणिन्द्र तिमल्सिना, शंकर पराजुली, दामोदर गौतम, डम्बर बिक, भीमबहादुर घिमिरे, जयबहादुर राई, अप्सरा लोप्चन, बाग्मती गाउँपालिका प्रहरी प्रमुख पर्शुराम फुयाँललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
