नेकपाको चियापानमा एक लाख कार्ड बाँडिने

तु खबर संवाददाता
२०७६ आश्विन १२, आईतवार १६:३१
file-photo

काठमाडौं, १२ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ ।

पार्टीले यही असोज २९ गते बडा दशैँ, शुभ दिपावली, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा गर्न लागेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका लागि एक लाख काड बाड्ने भएको हो ।

चियापानमा निम्ताका लागि अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*