आदिवासी जनजाति भीमफेदी गाउँपालिको अध्यक्षमा बल
मकवानपुर, २५ भदौ । नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ भीमफेदी गाउँपालिका अध्यक्षमा गोपीराम बल चयन भएका छन् । बुधबार भएको भेलाले बलको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
भेलाले उपाध्यक्षमा सिताराम मोक्तान, सचिव मनिषकुमार स्याङतान, कोषाध्यक्ष सुमित्रा थिङ, सदस्यहरु विरवल गोले, राजकुमार आले, प्रेमबहादुर प्रजालगायत १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
त्यसैगरी भेलाले विश्वदेव रुम्बाको अध्यक्षतामा ७ सदस्यीय नेपाल तामाङ संघ भीमफेदी गाउँपालिका कार्यसमिति चयन गरिएको छ ।
संघको उपाध्यक्षमा बोध स्याङतान, सचिव गोविन्द मोक्तान, कोषाध्यक्ष अकरमाया थिङ तथा सदस्यहरुमा प्रकाश दोङ, सुपेन्द्र लामा र सुरोज स्याङतान चयन भएका छन् ।
कार्यक्रम आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा काँग्रेस हेटौँडा उपमहानगर सभापति आनन्दराम पराजुली, जिल्ला सदस्य राजिव सुवेदी, भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठ, नेपाल तामाङ संघ मकवानपुर अध्यक्ष चम्फुरत्न लामा, नेताहरु बुद्धिबहादुर सिंजाली, गोरीमाया लामा, नारायणबहादुर थापा, सुमित्रा लामा, डा. गणेश लामा, श्याम बल, अर्जुन थिङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
