सुशिल कोईरालाको ८० औं जन्मदिवसमा काँग्रेस मकवानपुरद्वारा श्रद्धाञ्जली सभाको आयोजना
मकवानपुर, २८ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, स्वर्गीय सुशिल कोईरालाको ८० औं जन्मजयन्तीमा कांग्रेस मकवानपुरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
मंगलबार कार्यबहाक सभापति लामिछानेले ७० वर्षदेखिको संविधान सभाबाट संविधान निर्माण गरी जनताको शासन स्थापित गर्ने नेपालीको चाहना स्वर्गीय शुसिल कोइरालाको नेतृत्वमा सफल भएको स्मरण गराएका थिए ।
उनले कोईराला हाम्रो बीचमा नभए पनि कोइरालाले नेपाली राजनीतिमा स्थापित गरेको त्यागको राजनीतिले भावी पुस्तालाई मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईरालालगायत जिल्ला सदस्यहरु, पार्टीका भातृ तथा शुभेच्छुक संघ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
