कांग्रेसले साउन ३१ गतेदेखि तीन प्रदेशमा कार्यकर्ता प्रशिक्षण गर्ने
काठमाडौं, २७ साउन । नेपाली कांग्रेसले तीनवटा प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो । काँग्रेसले यही साउन साउन ३१ गतेदेखि भदौ ६ गतेसम्म शिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
प्रशिक्षण कार्यक्रम कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरु पनि सहभागी हुनेछन् ।
