हेटौंडामा २५ मिटर सडक बिस्तार हुँदैन : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ श्रावण २६, आईतवार १९:०४
file-photo

मकवानपुर २६ साउन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा क्षेत्रमा २५ मिटर सडक बिस्तार नहुने बताएका छन् । आईतबार हेटौंडामा जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको उद्घाटन् गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले प्रदेशसभामा दुई तिहाइ बहुमत आएपछि मात्रै प्रदेश ३ को स्थायी राजधानी तोकिने बताए । आफ्नो मत प्रदेशसभामा एक मत मात्र रहेको बताए । राजधानीको बिषय दुईतिहाइ बहुमतबाट मात्र तोक्न सकिने बताए ।

हेटौंडामा राजमार्गको दायाँ बायाँ २५ मिटर सडक नभत्कने मुख्यमन्त्री पौडेलले बताए । अहिलेको अवस्थाको हेटौंडा बजार भत्काएर नहुने बताउँदै मुख्यमन्त्री पौडेलले भने –‘राजमार्ग कुनैपनि शहरको बिचबाट जानै सक्दैन । बजार क्षेत्रमा २५ मिटर सडक भत्कन दिन्न । हिजो पनि मैले यही बोली बोलेको हुँ र भोली पनि यही बोल्छु ।’

हेटौंडा बजार क्षेत्रमा सडकको दायाँ बायाँ १६–१६ मिटर मात्र सडक भत्कने बताउँदै उनले भने –‘बजार क्षेत्रमा मेरो पनि घर पर्छ १६ मिटरमा सबै भत्कीन्छ । पहिले मै घर भत्काउछु । त्यसपछी बाइपास सडक पनि बनाइन्छ । बाईपासका लागि प्रदेश सरकारले ठुलो बजेट छुट्याएको उहाँले जानकारी दिनुभयो । नगरवासीको स्वार्थका कारण २५ मिटरको सट्टामा १६ मिटर मात्र सडक बिस्तार गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*