प्रधानमन्त्री ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुग्यो

तु खबर संवाददाता
२०७६ श्रावण २६, आईतवार १२:३१
file-photo

काठमाडौँ २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ ।

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वदेश फर्कने कार्यतालिका शुक्रबार, आइतबार हुँदै सोमबार पुगेको हो ।

शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले उनी सोमबार मात्रै स्वदेश फर्कने भएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसहितको टोली सोमबार थाइ एयरबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*